अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (बिहिबार) अमेरिकी डलरसहित सबै देशको भाउ घटेको छ । बिहिबारका लागि नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर  ११३ रुपैयाँ ६६ पैसा र बिक्रिदर ११४ रुपैयाँ २६ पैसा रहेकाे छ । त्यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ७९ रुपैयाँ ८७ पैसा र  बिक्रिदर ८० रुपैयाँ २९ पैसा तोकिएको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७९ पैसा र बिक्रिदर २७ रुपैयाँ ९३ पैसा तोकिएको छ । बिहीबार एक युके पाउण्डको खरिददर १ सय ५० रुपैयाँ ७६ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ ५६ पैसा रहेको छ ।  
त्यस्तै, बिहीबार एक कतारी रियालको खरिददर  ३१ रुपैयाँ २२ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३८ पैसा तोकिएको छ । कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८४ पैसा तोकिएको छ भने बिक्रीदर ९ रुपैयाँ  ९०  पैसा तोकिएको छ । 
त्यसैगरी, एक कुवेती दिनारको खरिददर ३ सय ७४ रुपैयाँ ८८ पैसा र बिक्रिदर ३ सय ७६ रुपैयाँ ८६  पैसा रहेकाे छ । आज एक युएई दिरामको खरिददर ३० रुपैयाँ  ९४ पैसा र बिक्रिदर ३१ रुपैयाँ ११ पैसा तोकिएको छ ।
यसका साथै, आज एक साउदी रियालको खरिददर ३० रुपैयाँ ३० पैसा र बिक्रिदर ३० रुपैयाँ ४६ पैसा तोकिएको छ । एक बहराईन दिनारको  खरिददर ३ सय १ रुपैया ४६ पैसा र बिक्रिदर ३ सय ३ रुपैयाँ  ५ पैसा रहेको छ । 
 
                                                                                        
                                                        
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस