Like us!
Follow us!
Connect us!
Watch us!

सारथी लघुवित्तले बाेलायाे साधारण सभा, के-के छन् एजेन्डा ?

निशा हुमाँगाई

विहीबार, १७ पुस २०७६, १७ : २४ मा प्रकाशित

सारथी लघुवित्तले बाेलायाे साधारण सभा, के-के छन् एजेन्डा ?

अर्थ संसार, काठमाडौं – सारथी लघुवित्त वित्तीय संस्थाले साधारण सभा बाेलाएको छ । संस्थाकाे दोस्रो वार्षिक साधारण सभा पुस २६ गते हुने भएको छ । उक्त सभा होटल गण्डकी रीभरभ्यु शितलचोक दमौली, तनहुँमा बिहान ११ बजे सुरु हुनेछ ।

यसैगरी, सभामा संस्थाले आइपीओ निष्कासन गर्ने, कुनै वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा राखिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको