अर्थ संसार, काठाडौं -नेपाल राष्ट्र बैंकको प्रवक्तामा डा गुणाकर भट्ट नियुक्त हुनुभएको छ । बैंकको प्रवक्तासमेत रहनु भएका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौला उमेरहदका कारण अवकाश लिने समय आई विदामा बस्नुभएपछि गर्भनर चिरञ्जीवी नेपालले आज भट्टलाई प्रवक्तामा नियुक्त गर्नुभएको हो ।
राष्ट्र बैंककाअनुसार कार्यकारी निर्देशक डा भट्टलाई यही पुस १६ गतेदेखि लागू हुने गरी प्रवक्तामा नियुक्त गरिएको हो । भट्ट बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशकको जिम्मेवारीमा हुनुहुन्छ । राष्ट्र बैंक बैंक तथा वित्तीय संस्थाको नियमानकारी निकाय हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस