Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार कुन देशकाे विनिमयदर कति ?

निशा हुमाँगाई

आइतबार, २० पुस २०७६, १० : २८ मा प्रकाशित

आइतबार कुन देशकाे विनिमयदर  कति ?

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले ताेकेकाे विनिमयदर अनुसार आइतबार १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ पैसा रहेको छ । 

त्यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९३ पैसा र बिक्रीदर २८ पैसा ०८ पैसा ताेकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको छ । 

त्यस्तै, कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा तोकिएको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा रहेको छ । 

यसैगरी, कुवेती दिनार १ को खरिददर ३७८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८० रुपैयाँ ०१ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ४८ पैसा रहेको छ । 

यसका साथै, ओमानी रियाल १ को खरिददर २९८ रुपैयाँ ४६ पैसा रहेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको