Like us!
Follow us!
Connect us!
Watch us!

साताकाे पहिलाे दिनमै नेप्सेमा हरियाली

निशा हुमाँगाई

आइतबार, २० पुस २०७६, १५ : ०२ मा प्रकाशित

साताकाे पहिलाे दिनमै नेप्सेमा हरियाली

अर्थ संसार, काठमाडौं – साताकाे पहिलाे दिन आज (आइतबार) शेयर बजार १६.०९ अंकले बढेको छ । कुल १७३ वटा कम्पनीको २० लाख ८२ हजार ८७४ कित्ता शेयर खरिदविक्री हुँदा ७१ करोड २४ लाख २५ हजार ८२७ रुपैयाँको कारोबार भएकाे छ । 

११६६.२१ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर ११८२.३१ अंकमा आइपुगेको छ ।

आइतबार सबै शेयर बजार बढेकाे छ ।

बैकिङ १६.७४ अंक, व्यापार ६.३५ अंक, होटल १०.६४ अंक, विकास बैंक १९.३६ अंक, जलविद्युत ८.६७ अंक, फाइनान्स ३.८६ अंक, निर्जिवन लाइफ ५९.२९ अंक, उत्पादन २.३९ अंक, अन्य  २.७७ अंक, माइक्रोफाइनान्स ४०.२४ अंक, लाइफ इन्स्योरेन्स ८३.६८ अंक र सामूहिक लगानी कोष समूह ०.०१ अंकले बढेको छ ।

 

5e11ae4d66ce3.jpg 5e11aed28a0f9.jpg 5e11af44b2f9e.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको