Like us!
Follow us!
Connect us!
Watch us!

प्रहरीले भत्कायाे सरकारी जग्गामा रहेका घरटहरा

निशा हुमाँगाई

आइतबार, २० पुस २०७६, १२ : ११ मा प्रकाशित

प्रहरीले भत्कायाे सरकारी जग्गामा रहेका घरटहरा

अर्थ संसार, काठमाडौं –  प्रहरीले सरकारी जग्गामा रहेका घरटहरा भत्काएकाे छ । वीरगञ्ज उपमहानगरपालिका–१० मटिअर्वाका दुई दर्जन घरटहरा प्रहरीले भत्काएको हाे ।

सरकारी जग्गा अतिक्रमण गरी सो स्थानमा विगत करीब ४० वर्षदेखि घरटहरा बनाइएको थियो । सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट मटिअर्वाका सशस्त्र प्रहरी निरीक्षक लक्ष्मण जोशी र स्थानीय जनप्रतिनिधिको संयुक्त टोलीले छोटी भन्सार कार्यालय तथा दशगजा क्षेत्रका करीब डेढ कठ्ठा जग्गा अतिक्रमण गरी बनाइएको संरचना भत्काएको हो ।

बारम्बार जग्गा खाली गर्न अनुरोध गर्दा नमानेकाले प्रहरीले घरटहरा भत्काएको  वडा नं १० का वडाध्यक्ष शङ्करप्रसाद गुप्ताले जानकारी दिएका छन् ।

फुसको छाप्रोमा रहेका पुराना भन्सार कार्यालय नजिकैको नयाँ भवनमा सरेपछि उक्त खाली जग्गा स्थानीयवासीले अतिक्रमण गरी व्यापार गर्दै आएका थिए । - रासस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको