Like us!
Follow us!
Connect us!
Watch us!

४० % लाभांश पारितसँगै स्वावलम्बन लद्युवित्तको १८ औं साधारणसभा सम्पन्न (फोटोफिचर)

अर्थ संसार

आइतबार, २० पुस २०७६, १६ : २३ मा प्रकाशित

४० %  लाभांश पारितसँगै स्वावलम्बन लद्युवित्तको १८ औं  साधारणसभा सम्पन्न (फोटोफिचर)

अर्थ संसार, काठमाडौं– स्वावलम्बन लद्युवित्त वित्तीय संस्था लिमिटेडलेको १८ औं वार्षिक साधारणसभा आइतबार एलिस रिसेप्सन, गैह्रीधारा, काठमाडौंमा सम्पन्न भएको छ । लद्युवित्तको संचालक समितिको अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षतामा बसेको सभाले शेयरधनीलाई २६ प्रतिशत बोनस र १४ प्रतिशत नगद लाभांश गरी कुल  ४० प्रतिशत लाभांश पारित गरेको थियो ।

 वित्तीय संस्थाले आर्थिक वर्ष २०७५/७६ मा लद्युवित्तले ४२ करोड ४१ लख ३८ हजार ८ सय ७४ रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

लद्युवित्तको ६१ जिल्लाका १४० शाखा/ उपशाखा कार्यालय तथा ९ वटा इलाका कार्यालयबाट २ लाख ४५ हजार १ सय १६ महिला ग्राहक सदस्यहरुलाई लद्युवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाले रहिरकेको कर्जा रकम १५ अर्ब ६३ करोड ३३ लाख पुगेको छ ।  वित्तीय संस्थाको आन्तरिक पुँजी निर्माणमा सहयोग पुग्ने सदस्यको बचत यस अवधिसम्ममा ८ अर्ब २६ करोड ४४ लाख ५ हजार रहेको छ ।

राष्ट्रिय स्तरको लद्युवित्त वित्तीय संस्थाका रुपमा कारोबार गरिरहेको र वित्तीय पुहुँच कम रहेको देशका विभिन्न हिमाली तथा पहाडी ग्रामिण क्षेत्रमा कार्य क्षेत्र विस्तारको योजना साथ अगाडि बढेको संस्थाको अधिकृत पुँजी १ अर्ब रुपैयाँ रहेको छ ।

 साधारणसभाको फोटो फिचर हेर्नको लागि यहाँ क्लिक गर्नुहोस्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको