Like us!
Follow us!
Connect us!
Watch us!

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, सभा कहिले ?

निशा हुमाँगाई

सोमबार, २१ पुस २०७६, १० : २२ मा प्रकाशित

गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्सकाे लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, सभा कहिले ?

अर्थ संसार, काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा गुहेश्वरी मर्चेन्ट बैंकिङ्ग एण्ड फाइनान्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (सोमबार) अन्तिम दिन रहेकाे छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थका लागि भोलि (मंगलबार) बाट बुकक्लाेज गर्ने भएकाे छ ।

फाइनान्सले आफ्नाे १८ औं वार्षिक साधारण सभा  पुस २९ गतेका लागि आह्वान गरेकाे छ । उक्त सभा गुहेश्वरी, हरिहर भवनमा बिहान ११ बजे शुरु हुनेछ ।

त्यसैगरी, सभामा उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्वीजिशनको कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्षको मुनाफाबाट ६.५ प्रतिशत नगद लाभांश वितरण गर्ने लगायतका प्रस्तावहरु छलफल हुनेछ । 

स्वावलम्बन लद्युवित्तको कर्मचारी खर्च ह्वात्तै बढेपछि शेयरधनी शिवप्रसाद पौडेलको आक्रोस

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको