Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ साेमबारकाे विनिमयदर

निशा हुमाँगाई

सोमबार, २१ पुस २०७६, ११ : ०७ मा प्रकाशित

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ साेमबारकाे विनिमयदर

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (साेमबार) प्राय सबै विदेशी मुद्राकाे भाउ स्थिर रहेकाे छ तर ओमानी रियालको भाउ भने घटेको छ । साेमबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११४ रुपैयाँ ५८ पैसा र बिक्रीदर ११५ रुपैयाँ १८ पैसा तोकेको छ । 

त्यसैगरी, साेमबार कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८३ पैसा र बिक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा तोकिएको छ । 

त्यस्तै, कुवेती दिनार १ को खरिददर ३७८ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३८० रुपैयाँ ०१ पैसा तोकिएको छ । बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ४८ पैसा रहेको छ ।  

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९३ पैसा र बिक्रीदर २८ पैसा ०८ पैसा ताेकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा रहेको छ । 

यसका साथै, साेमबार ओमानी रियाल १ को खरिददर २९७ रुपैयाँ ७६ पैसा रहेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ । 

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको