Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा एक अर्ब ८० करोड बराबरको ‘म्युचुअल फण्ड’ आउँदै

निशा हुमाँगाई

सोमबार, २१ पुस २०७६, १५ : ५३ मा प्रकाशित

नेप्सेमा एक अर्ब ८० करोड बराबरको ‘म्युचुअल फण्ड’ आउँदै

अर्थ संसार, काठमाडौं –­ शेयर बजारमा सुधारको सङ्केत देखा परिरहेको बेला दुई सामूहिक लगानी कोष योजना (म्युचुअल फण्ड) आउने भएका छन् । सानिमा बैङ्क र लक्ष्मी बैङ्कको प्रवद्र्धनमा ती योजना आउन लागेका नेपाल धितोपत्र बोर्डले जनाएकाे छ । उक्त योजना कूल रु एक अर्ब ८० करोड बराबरको छ ।

दैनिक १ रूपैयाँ बचाएर शेयरमा लगानी गरौं : गोमा श्रेष्ठ (बानियाँ)-महिला लगानीकर्ता 

‘सानिमा लार्ज क्याप फण्ड’ नाम दिइएको सानिमा बैङ्कको सामूहिक लगानी कोष योजना रु एक अर्ब बराबरको छ । योजनामा कूल १० करोड एकाइ बिक्री गरिनेछ ।  

यसैगरी, लक्ष्मी बैंकले प्रवद्र्धन गरेको ‘लक्ष्मी उन्नती कोष’ योजना रु ८० करोड बराबरको छ । योजनामा कूल आठ करोड एकाइ बिक्री गरिनेछ ।

साे योजना हाल बोर्डले अध्ययन गरिरहेको छ । बिक्रीका लागि छिट्टै अनुमति दिइने बोर्डले जनाएको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल १९ वटा सामूहिक लगानी कोेषको कारोबार भइरहेको छ । – रासस

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको