Like us!
Follow us!
Connect us!
Watch us!

शेयर बजारमा उत्साह थपिँदै, नेप्से १२०० नाघ्यो

निशा हुमाँगाई

सोमबार, २१ पुस २०७६, १५ : १५ मा प्रकाशित

शेयर बजारमा उत्साह थपिँदै, नेप्से १२०० नाघ्यो

अर्थ संसार, काठमाडौं – आज (साेमबार) शेयर बजार १८.२६ अंकले बढेको छ । कुल १७८ वटा कम्पनीको २६ लाख ८३ हजार ६१० कित्ता शेयर खरिदविक्री हुँदा ८४ करोड २५ लाख ८२ हजार १५० रुपैयाँको कारोबार भएकाे छ । 

दैनिक १ रूपैयाँ बचाएर शेयरमा लगानी गरौं : गोमा श्रेष्ठ (बानियाँ)-महिला लगानीकर्ता 

११८२.३१ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर १२००.६९ अंकमा आइपुगेको छ ।

बैकिङ २५.८६ अंक, होटल २.९८ अंक, विकास बैंक १३.१७ अंक, जलविद्युत ०.१४ अंक, फाइनान्स १.४९ अंक, निर्जिवन लाइफ ०.७९ अंक, उत्पादन ४.४५ अंक, अन्य  ३.५६ अंक, माइक्रोफाइनान्स ३३.९८ अंक, लाइफ इन्स्योरेन्स १२.१३ अंक र सामूहिक लगानी कोष समूह ०.१५ अंकले बढेको छ ।

त्यसैगरी, व्यापार १२.२६ अंकले घटेकाे छ ।

5e1301ed52ab6.jpg 5e13026041c25.jpg 5e13032e6d9d2.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको