Like us!
Follow us!
Connect us!
Watch us!

भिष्मराज ढुंगाना धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त

अर्थ संसार

मंगलबार, २२ पुस २०७६, ०९ : ०१ मा प्रकाशित

भिष्मराज ढुंगाना धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त

अर्थ संसार, काठमाडौं -सरकारले धितोपत्र बोर्डको अध्यक्षमा भिष्मराज ढुंगानालाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले ढुंगानालाई आगामी चार बर्षका लागि बोर्डको अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको बैठकमा सहभागि एक मन्त्रीले नोटबजारलाई जानकारी दिए ।

सञ्चालकहरु विदेश मोह र कमिसनको खेलमा नलाग्नुहोस : इन्द्रकृष्ण श्रेष्ठभूपु- सञ्चालक स्वावलम्बन लद्युवित्त संस्था लि. (भिडियोसहित) 

ढुंगाना नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत हुन्। राष्ट्र बैंकमा ३० वर्ष काम गरेका ढुंगानाले राष्ट्र बैंकको कार्यकारी निर्देशक हुँदा विदेशी विनिमय विभागको प्रमुख भएर लामो समय काम गरेका थिए ।

ढुंगानासँग नेपाल स्टक एक्सचेन्जमा ३ बर्ष संचालकको रुपमा काम गरको अनुभव समेत रहेको छ । त्रिभुवन विश्व विद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका ढुंगानाले युके बाट फाइनान्समा एमबिए गरेका छन् ।

राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा बनेको ३ सदस्यीय समितिले बोर्ड अध्यक्षका लागि भिष्मराज ढुंगाना, निरज गिरी र डा. केशवप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको