Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको 'माछापुच्छ्रे ग्राहक सेवा केन्द्र'

निशा हुमाँगाई

बुधबार, २३ पुस २०७६, १४ : २० मा प्रकाशित

माछापुच्छ्रे बैंकको 'माछापुच्छ्रे ग्राहक सेवा केन्द्र'

अर्थ संसार, काठमाडौं – आफ्ना ग्राहक महानुभावहरूको सुविधालाई मध्यनजर गर्दै माछापुच्छ्रे बैंकले  ‘माछापुच्छ्रे ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । ग्राहक महानुभावहरूलाई छिटो छरितो र सहज रूपमा सुविधा प्रदान गर्ने उद्धेश्यका साथ माछापुच्छ्रे बैंकले अन्तराष्ट्रिय स्तर को SIP PBX मा आधरित IVR बैंकिङ्ग र Audio Notice Board सहितको अत्याधुनिक प्रविधिको ओम्नी च्यानल ग्राहक सेवा केन्द्र संचालनमा ल्याएको हो ।

ग्राहकले बैंकको विभिन्न सामजिक संजाल मार्फत सिधै माछापुच्छ्रे  ग्राहक सेवा केन्द्र मा सम्पर्क स्थापित गर्न सक्नेछन् ।

बैंकको गुणस्तरिय सेवा विस्तारका साथै देश तथा बिदेशमा रहेका ग्राहकहरूलाई बैंक संग सम्बन्धित सूचना आदान–प्रदान गर्नका लागि ग्राहक सेवा केन्द्रले मुख्य भुमिका खेल्नेछ । ग्राहक महानुभावहरूले ०१५९७०५५५ नम्बरमा फोन गरि आफुलाई आवश्यक परेको जानकारी तत्काल प्राप्त गर्न सक्नेछन् । जसबाट ग्राहकहरूले बैंक संग सम्बन्धित विभिन्न सेवा, सुविधा, सुचना, गुनासो तथा अन्य कुराहरूको जानकारीका लागि बैंकसम्म पुग्न सहज हुनेछ ।

स्थापना कालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहकमाझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाता एंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरू आफ्ना ग्राहक माझ ल्याइसकेको छ ।

 माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १४५ वटा शाखाहरू, १३८ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २८३ स्थानमा रहेका सेवा सञ्जाल तथा १७९ वटा एटीएमहरू तथा १ हजार भन्दा बढि पिओएस (POS Machine) मार्फत बाट ग्राहक महानुभावहरूलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरीरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको