Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ बिहिबारकाे विनिमयदर

निशा हुमाँगाई

विहीबार, २४ पुस २०७६, १० : ११ मा प्रकाशित

विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्ताे छ बिहिबारकाे विनिमयदर

अर्थ संसार, काठमाडौं – नेपाली बजारमा आज (बिहिबार) अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घटेको छ ।

 नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार बिहिबार एक अमेरिकी डलरको ११४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ११५ रुपैयाँ ०१ पैसा रहेकाे छ ।

त्यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९ रुपैयाँ ८६ पैसा तोकिएको छ । त्यसैगरी, एक कतारी रियालको १ को खरिददर ३१ रुपैयाँ ४२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५८ पैसा रहेकाे छ ।

त्यसैगरी, बिहिबार एक कुवेती दिनारको खरिददर ३७७ रुपैयाँ २२ पैसा र बिक्रीदर ३७९ रुपैयाँ २० पैसा तोकिएको छ । आज एक बहराईन दिनारको  खरिददर ३०३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३०५ रुपैयाँ ०३ पैसा रहेकाे छ ।

यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ पैसा ०४ पैसा तोकिएको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा तोकिएको छ ।

यसका साथै, बिहिबार एक युएई दिरामको खरिददर ३१ रुपैयाँ १५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३१ पैसा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको