अर्थ संसार, काठमाडौं– अष्ट्रेलियामा भइरहेको आगलागीका उत्पन्न धुँवा दक्षिण अेमरिकी मुलुकसम्म पुगेको छ । अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार अष्ट्रेलियाको धुँवा दक्षिण अमेरिकी मुलक उरुग्वेसम्म पुगेको छ ।
“यही जनवरी ६ सोमबार दिउँसोदेखि हामीले उरुग्वेको आकाशमा धुँवाका भुल्कोहरु देखिन थालेका छन्”, उरुग्वेको मौसम विज्ञान विभागद्धारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
अष्ट्रेलियामा लागेको ठूलो डढेलोका कारण उत्पन्न धुँवाले त्यस क्षेत्रका अन्य देशहरुमा समेत असर पारेको छ । विभागका प्रविधि व्यवस्थापक लुकिया चिपोनेल्लीले उरुग्वेका संचार माध्यमहरुलाई दिएको जानकारीअनुसार अष्ट्रेलियाबाट आएको धुँवाले उरुग्वेको वायुमण्डललाई समेत प्रदुषित गराएको छ ।
उहाँले सो धुँवाकै कारण मानवीय स्वास्थ्यमा ठूलो असर पर्ने अवस्था भने नरहेको स्पष्ट पार्नुभयो।अष्ट्रेलियाको धुँवा प्रशान्त महासागर हुदै झण्डै १३ हजार किलोमिटरपछि दक्षिण अमेरिका आइपुगेको उहाँले बताउनु भयो।
गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अष्ट्रेलियामा अहिले पनि जारी छ । आगलागीका कारण कम्तीमा २५ जनाको मृत्यु भएको, लाखौँ जंगली जनावर जलेर मरेको र ठूलो मात्रामा जंगल नष्ट भएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस