Like us!
Follow us!
Connect us!
Watch us!

टाटा मोटर्स द्वारा जनवरी फेस्ट कार्यक्रमको आयोजना

निशा हुमाँगाई

विहीबार, २४ पुस २०७६, १७ : १९ मा प्रकाशित

टाटा मोटर्स द्वारा जनवरी फेस्ट कार्यक्रमको आयोजना

अर्थ संसार, काठमाडौं – टाटा मोटर्सको नेपालका लागी एकमात्र अधिकारिक बितरक, सिप्रदी ट्रेडीङ्ग प्रा. लि.ले जनवरी २०२० को अवसरमा जनवरी फेस्ट विशेष कार्यक्रमको आयोजना गर्न लागेको छ । उक्त कार्यक्रम यहि जनवरी १० देखी जनवरी १२, २०२० सम्म थापाथली स्थित टाटा मोटर्सका सोरूममा आयोजना गर्न लागिएको हो ।

ग्राहक महानुभावहरूले टाटा मोटर्सको सोरूममा गएर यस कार्यक्रममा सहभागी भई नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरू एच फाईभ, नेक्सन, टियागो, टिगोर र एनअरजी लगायतका गाडीहरू अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।

साथै, जुनसुकै ब्राण्डका गाडीहरू एक्सचेन्जमा रू. १,००,००० सम्मको एक्सचेन्ज बोनस, टेष्ट ड्राइभमा आर्कषक उपहार र प्रत्येक गाडीको खरिदमा एक जोडीलार्ई सिंगापुर क्रुजटुर तथा विभिन्न किसिमका मनोरन्जनात्मक कार्यक्रम लगायतका विशेष आर्कषणहरू रहेका छन् ।

यस विशेष कार्यक्रमको अवसरमा टाटा मोटर्सको अत्याधुनिक सोरूममा गएर नयाँ गाडी खरिद गरि भरपुर फाईदा उठाउन कम्पनीले अनुरोध गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको