अर्थ संसार, काठमाडौं– शुक्रबार सन् २०२० को पहिलो चन्द्रग्रहण लाग्दै छ।चन्द्रग्रहण ४ घण्टा ५ मिनेटसम्म चल्नेछ। 
नेपाली समय अनुसार  चन्द्र ग्रहण राति १० बजेर ५२ मिनेटदेखि प्रारम्भ भएर बिहानी २ः५७ बजेसम्म सम्म चल्नेछ ।
चन्द्र ग्रहणलाई नेपालबाट पनि हेर्न सकिने छ।  नेपाल संगै छिमेकी मुलुक भारत तथा एशियाली देशहरु , यूरोप, अफ्रिका तथा अष्ट्रेलिया महाद्वीपहरुका थुप्रै देशहरुबाट देख्न सकिनेछ।
ज्योतिषका अनुसार  चन्द्र ग्रहणका क्रममा चन्द्र मिथुन राशिमा बस्नेछ । अर्थात् जुन राशीमा ग्रहण लाग्छ त्यस राशिकाले ध्यान दिन आवश्यक हुने ज्योतिषको तर्क छ।  
ग्रहण उपछायाँ ग्रहण हुनेछ अर्थात चन्द्रमा पूर्ण रुपमा लुक्ने छैन, न त चन्द्रमाको कालो छायाँ पृथ्वीमाथि पर्नेछ । आंशिक छायाँ चन्द्रमा ग्रहण पूर्ण र आंशिक चन्द्र ग्रहणभन्दा पनि कमजोर हुनेछ । त्यसैले चन्द्र ग्रहणलाई राम्रो संग भने देख्न सकिने छैन। 
कुन राशीलाई कस्तो असर? 
मेष- मध्यम फल
वृष- अशुभ फल
मिथुन-मध्यम फल
कर्कट-शुभ फल
सिंह-मध्यम फल
कन्या-मध्यम फल
तुला-शुभ फल
वृश्चिक-अशुभ फल
धनु-अशुभ फल
मकर-अशुभ फल
कुम्भ-शुभ फल
मीन-शुभ फल
 
सन् २०२० मा चार वटा चन्द्र ग्रहणहरु लाग्दैछन् ।जसमध्ये शुक्रबार लाग्ने ग्रहण पहिलो चन्द्र ग्रहण हो। २०२० मा लाग्ने अन्य ग्रहण ५ जुन, ५ जुलाई र ३० नोभेम्बरमा पनि लाग्ने छन्।
                                                                                    
                         
                        अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
                                गुनासो,
                                सूचना तथा सुझाव
                                भए हामीलाई
                                [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
                                पनि
                                हामीसँग
                                जोडिन सकिनेछ । हाम्रो *युटुब
                                च्यानल पनि
                                हेर्नु होला।
                     
                                        
                                                                
प्रतिक्रिया दिनुहोस