Like us!
Follow us!
Connect us!
Watch us!

विश्वपक फुटबल : पेनाल्टीमा चुक्यो नेदरल्यान्ड्स, मोरक्को अन्तिम १६ मा

अर्थ संसार

मंगलबार, १६ असार २०८३, १० : २४ मा प्रकाशित

विश्वपक फुटबल : पेनाल्टीमा चुक्यो नेदरल्यान्ड्स, मोरक्को अन्तिम १६ मा

फिफा विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्यान्ड्स मोरक्कोसँग पेनाल्टीमा पराजित भएको छ । आज बिहान भएको खेलमा मोरक्कोले नेदरल्यान्ड्सलाई पेनाल्टीमा ३–२ गोलले हराउँदै अन्तिम १६ मा पुग्यो । निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल एक÷एक गोलको बराबरी भएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । जहाँ डच टोली चुक्यो ।

त्यसअघि नेदरल्यान्ड्सले खेलको ७२औँ मिनेटमा कोडी गाक्पोको गोलमा अग्रता बनाएको थियो । तर मोरक्कोका लागि इन्जुरी समयको पहिलो मिनेटमा इस्सा डियोपले बराबरी गोल फर्काएका थिए । आजै बिहान भएको खेलमा ४ पटकको विश्वविजेता जर्मनी पनि पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै बाहिरिएको छ । विश्वकप फुटबलमा आज राति पौने ११ बजे नर्वे र आइबरी कोस्टले खेल्दैछन् ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको