नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा बुधबार दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । बुभबार नेप्सेमा सानिगाड हाइड्रो लिमिटेड र कालंगा हाइड्रो लिमिटेडको आईपीओ सूचीकृत भएको हो ।
सानिगाड हाइड्रोको २ करोड ५८ लाख कित्ता साधारण सेयर सूचीकृत भएको हो । जसमध्ये सर्वसाधारणलाई आईपीओ मार्फत बिक्री गरिएको ८५ लाख ५० हजार कित्ता (३० प्रतिशत) र कम्पनीका संस्थापक सेयरधनीले लगानी गरेको १ करोड ९९ लाख ५० हजार कित्ता सेयर (७० प्रतिशत) सूचीकृत भएको हो ।
त्यस्तै कालंगा हाइड्रोको कुल १ करोड ४० लाख कित्ता साधारण सेयर सूचीकृत भएको छ । जसमध्ये आईपीओ मार्फत सर्वसाधारणलाई बिक्री गरिएको ४९ लाख कित्ता (३५ प्रतिशत) र कम्पनीका संस्थापक सेयरधनीले लगानी गरेको ९१ लाख कित्ता शेयर (६५ प्रतिशत) रहेको छ ।
पहिलो कारोबारका लागि नेप्सेले सानिगाड हाइड्रोलाई न्यूनतम प्रतिकित्ता १०० रुपैयाँदेखि अधिकतम ३०० रुपैयाँसम्म र कालंगा हाइड्रोलाई प्रतिकित्ता न्यूनतम ९८.५६ रुपैयाँदेखि अधिकतम २९५.६८ रुपैयाँसम्म ओपनिङ रेञ्ज प्रदान गरेको छ । यी दुई कम्पनीको आईपीओ बिहीबारदेखि कारोबारमा आउनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस