Like us!
Follow us!
Connect us!
Watch us!

निरन्तर घट्दै वाणिज्य बैंकहरुको बेस रेट, कुन-कुनबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?

अर्थ संसार

बुधबार, १७ असार २०८३, १३ : ०७ मा प्रकाशित

निरन्तर घट्दै वाणिज्य बैंकहरुको बेस रेट, कुन-कुनबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?

वाणिज्य बैंकहरूको आधार दर (बेस रेट) लगातार ओरालो लागिरहेको छ ।

बैंकिङ प्रणालीमा बढ्दो अधिक तरलता, कर्जाको कमजोर माग र निक्षेपको ब्याजदरमा आएको निरन्तर गिरावटले गर्दा सञ्चालनमा रहेका २० वटै वाणिज्य बैंकहरूको बेस रेट घटेको हो । चालु आर्थिक वर्षको वैशाख, जेठ र असार महिनाको औसत बेस रेट पहिलो पटक ५ प्रतिशतभन्दा तल झरेर ४.९७ प्रतिशत कायम भएको छ । बैंकहरूले यही त्रैमासिक औसत आधार दरमा निश्चित प्रिमियम थपेर आगामी महिनाको कर्जाको ब्याजदर तय गर्ने भएकाले नयाँ ऋण लिनेहरू तथा परिवर्तनीय ब्याजदरमा कर्जा लिएका पुराना ऋणीहरूलाई समेत ठूलो राहत पुग्ने देखिएको छ । हाल बैंकहरूले कर्जाको प्रकृति र वर्गीकरण हेरी आधार दरमा १.५ देखि ५ प्रतिशतसम्म प्रिमियम जोड्ने गरेका छन् ।

पछिल्लो तीन महिनाको औसत आधार दरलाई हेर्दा स्ट्याण्डर्ड चार्टर्ड बैंक सबैभन्दा सस्तो ब्याजदरमा ऋण प्रवाह गर्ने बैंकका रूपमा देखिएको छ । हाल बैंकको आधार दर मात्र ४.२१ प्रतिशत कायम रहेको छ ।

यस्तै, राष्ट्रिय वाणिज्य बैंकको आधार दर पनि ४.२२ प्रतिशत, एभरेष्ट बैंकको ४.३८ प्रतिशत, नबिल बैंकको ४.५३ प्रतिशत, नेपाल बैंकको ४.५९ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ४.७५ प्रतिशत, ग्लोबल आईएमई बैंकको ४.८३ प्रतिशत, कृषि विकास बैंकको ४.९४ प्रतिशत र सानिमा बैंकको ४.९९ रहेको छ । जसबाट ऋण लिदा ब्याज सस्तो पर्ने देखिन्छ । अन्य ११ बैंकको बेसरेट भने ५ प्रतिशतभन्दा माथि रहेको छ । यसअवधिमा प्रभु बैंकको बेस रेट ५.०७ प्रतिशत, माछापुच्छ्रे बैंकको ५.०८ प्रतिशत, सिद्धार्थ बैंकको ५.१३ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.१६ प्रतिशत, प्राइम बैंकको ५.१८ प्रतिशत, एनएमबि बैंकको ५.१८ प्रतिशत, सिटिजन्स बैंकको ५.२ प्रतिशत, कुमारी बैंकको ५.२७ प्रतिशत र नेपाल एसबिआई बैंकको ५.२८ प्रतिशत रहेको छ ।

सबैभन्दा बढी आधार दर हुने बैंकहरूमा एनआईसी एशिया बैंकहिमालयन बैंक अग्रपंक्तिमा देखिएका छन् । हाल यी बैंकहरूको आधार दर क्रमशः ६.०४ प्रतिशत र ५.३९ प्रतिशत रहेको छ । आधार दर उच्च भएका कारण ग्राहकहरूले यी बैंकबाट ऋण लिँदा अन्य बैंकको तुलनामा बढी ब्याज तिर्नुपर्ने सम्भावना रहन्छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको