अर्थ संसार, काठमाडौं- कैलाश विकास बैंक लिमिटेडले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) लाई तवल, भत्ता, दशैं भत्ता र सञ्चयकोष गरेर ६८ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ ।
बैंकको सइओमा अमृत चरण श्रेष्ठ रहेका छन् । बैंकले सिइओलाई तलव ३६ लाख रुपैयाँ, भत्ता २४ लाख रुपैयाँ, दशैं भत्ता ५ लाख रुपैयाँ र सञ्चयकोष ३ लाख ६० हजार रुपैयाँ गरी कुल ६८ लाख ६० हजार रुपैयाँ खर्च गरेको छ ।
त्यसै गरी उच्च व्यवस्थापकहरुलाई तलव ३४ लाख ९ हजार ९४५ रुपैयाँ, भत्ता २६ लाख ३८ लाख ३५० रुपैयाँ, दशैं भत्ता ३ लाख ९ हजार ५३६ रुपैयाँ र सञ्चयकोष ३ लाख ४० हजार ९९५ रुपैयाँ गरी कुल ६६ लाख ९८ हजार ८२६ रुपैयाँ खर्च गरेको छ ।
त्यसै गरी बैंकले गत वर्ष कर्मचारी खर्च ४१ करोड ०२ लाख ७० हजार ८७७ रुपैयाँ, कार्यालय सञ्चालक खर्च २४ करोड ४६ लाख ६२ हजार ५८२ रुपैयाँ खर्च गरेको छ । बैंकले शेयरधनीले २.७७ प्रतिशत नगद लाभांश र १६ बोनस शेयर लाभांश दिएको छ ।
सञ्चालक र व्यवस्थापनलाई सचेत बनाउने शेयरधनी डम्बरुलाई खामे भन्नेलाई सभाहलबाटै यस्तो चुनौति (भिडियोसहित)
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस