अर्थ संसार, काठमाडौ- अमेरिकी ड्रोन हमलामा इरानी सेनापति कासिम सुलेमानी मारिएपछि बढ्दो तनाव कम गर्न पाकिस्तानका विदेशमन्त्री आइतबार तेहरानको भ्रमणमा जानुभएको छ। पाकिस्तानले साउदी अरेबिया र इरानसँगको सम्बन्धलाई सन्तुलनमा राख्ने दशकौंसम्मको प्रयास जारी राखेको छ।
इराकमा ६२ वर्षीय जनरलको हवाई आक्रमणमा मृत्युपछि इरानले क्षेप्यास्त्र प्रहार गरी युक्रेनी विमान खसालेको थियो। जहाजमा सवार १७६ व्यक्तिको मृत्यु भएपछि इरानले गल्ती स्वीकारेको छ। हालै विकास भएका घटनाक्रमले शान्ति र सुरक्षाको अवस्था खतरामा पर्छ र शान्तिपूर्ण समाधानका लागि तत्काल र सामूहिक प्रयासको आवश्यकतालाई जोड दिन्छ– पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।
शाह मेहमूद कुरेशीले इरानलाई “राजनीतिक र कूटनीतिक माध्यमबाट मतभेद र विवाद सुल्झाउनका लागि सबै प्रयासलाई समर्थन गर्ने पाकिस्तानको तयारीबारे इरानलाई बताउनेछ“ भनिएको छ। इरानी समकक्षी मोहम्मद जाभेद जारिफलाई भेटेपछि कुरेशीले साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानसँग वार्ता गर्न जनवरी १३ मा साउदी अरेबिया भ्रमण गर्न लाग्नु भएको छ ।
पाकिस्तानी विदेशमन्त्रीले तेहरान र रियादको भ्रमणपछि अमेरिका जाने पाकिस्तानको विदेश मन्त्रालयले जनाएको छ। गत वर्ष पाकिस्तानी प्रधानमन्त्री इमरान खानले साउदी अरेबिया र इरान बिचका प्रतिद्वन्द्वीहरु बीचको सम्बन्ध शान्त पार्ने प्रयास गरेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस