Like us!
Follow us!
Connect us!
Watch us!

बालुवाटारको जग्गा प्रकरण : प्राइम बैंकको पनि लगानी, सिइओ नारायनदासको यस्तो प्रतिक्रिया (भिडियो)

अर्थ संसार

आइतबार, २७ पुस २०७६, १६ : ४२ मा प्रकाशित

अर्थ संसार, काठमाडौं-प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)  नारायनदास मानन्धरले बालुवाटर जग्गामा आफ्नो बैंकपनि लागनी भएको स्वीकारेका छन् ।

 हालै सम्पन्न साधारणसभामा शेयरधनीहरुले उठाएका प्रश्नमा सो कुरा बताएका हुन ।  सिइओ मानन्धरले  बैंक प्रगतिको मार्गमा अघि बढेको पनि  बताएका छन् ।

सभामा बोल्दै सिइओ मानन्धरले हामीलाई बेलाबखतमा बाहिरी मानिसले टिकाटिप्पणी गरेतापनि बैंकको प्रतिवेदनले उठेका टिकाटिप्पणी आफै बन्द हुने गरेको बताए । 

प्राइम कमर्सियल बैंकका हाकिमले बुझे २ करोड ३२ लाख, कर्मचारी खर्च अर्ब नजिक 

शेयरधनीहरुले अर्को वर्ष अझै धेरै लाभांश माग गर्नु स्वाभाविक रहेको र यस वर्ष १६ वर्ष दिदाँ आगामि वर्षमा अझै राम्रो लाभांश दिन आफूहरुलाई चुनौति बढेकोले त्यही अनुसार अगाडि बढ्ने बताए । प्राइम बैंक सुरुका दिनदेखि नै एउटा रणनीतिमा हिडेकोले मुनाफ आर्जनमा पनि स्थिरता कायम रहेको र अरु बैंकसँग प्राइम बैंकलाई तुलना गर्नु स्वाभाविक नभएको टिप्पणी गर्न भ्याए ।

उनी भन्छन् यो बैंकले यति दियो उति दियो तर हामी त्यो बैंकले विगतका वर्षमा कस्तो र कसरी लाभांश वितरण गरिरहेका छ भनेर ध्यान पुराउँदैनौं ।

लगानीकर्ताहरुले बैंकले गर्न लगानी कम भएको प्रश्नमा मानन्धरले आफूहरु भर्खरै खोलका बैंकहरु जस्तो जोखिम लिदै हिड्न नसक्ने र शेयरधनीहरुको लगानीको सुरक्षा नै आफूहरुको मुख्य दायित्व रहेको बताए ।

सभामा लगानीकर्ताहरुले सिइओलाई भेट्न नपाएको सुनासो पोखेपछि सिइओ मानन्धरले भने– ‘प्राइम बैंकको सिइओलाई भेट्न अपोइन्मेन्ट लिन पर्दैन ।’ कहिलेकाही कार्य व्यवस्तताको कारण अथवा कुनै बैठकमा परेको हुँदा गुनासो आएको हुनसक्ने हुँदा त्यसलाई बुझिदिनुहुन आगह्र गरेका छन् ।हेरौं, भिडियोमा

बालुवाटारको जग्गा प्रकरणमा शेयरधनीले उठाएको प्रश्नमा मानन्धरले भने– ‘जग्गा खोज्दै जाँदा एक जना फेला पर्यो, ६ आनाको जग्गामा ४० हो की ६० लाख ऋण बैंकले दिएको छ ।’

सञ्चालक र व्यवस्थापनलाई सचेत बनाउने शेयरधनी डम्बरुलाई खामे भन्नेलाई सभाहलबाटै यस्तो चुनौति (भिडियोसहित) 

सभामा बोल्दे सिइओ मानन्धरले बैंकमा हुने गरेको घटनाहरुसँग आफू सजग रहेको र आफ्नो सिस्टम राम्रो भएतापनि यो कर्मचारीको नियतको विषय रहेकोले आफ्नो बैंकमा कर्मचारी भर्ना गरेपछि ती कर्मचारीलाई नैतिकता सम्बन्धी शिक्षा दिने र कर्मचारीलाई खुसी बनाउन आफूले जोड रहेको बताए ।

प्राइम कमर्सियल बैंक लिमिटेडको १२ औं साधारणसभाले १६ प्रतिशत बोनस शेयर र कैलाश विकास बैंकलाई मर्जर गर्न अुनमति  दिदैं साधारणसभा सम्पन्न भएको थियो ।

हेरौं, भिडियोमा

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको