अर्थ संसार, काठमाडौं – आज (बिहीबार) शेयर बजार २६ अंकले बढेकाे छ । कुल १८१ वटा कम्पनीको ५० लाख २५ हजार ५६३ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ६९ करोड ९९ लाख ९५ हजार १०७ रुपैयाँको कारोबार भएकाे छ ।
१२८४.२३ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स शेयर बजार बन्द हुँदासम्म बढेर १३१०.२३ अंकमा आइपुगेको छ ।
बिहीबार बैंकिङ १९.३८ अंक, व्यापार २८.५९ अंक, होटल ७४.५५ अंक, विकास बैंक ४१.८४ अंक, जलविद्युत ७.९७ अंक, फाइनान्स २६.५५ अंक, निर्जिवन लाइफ १२५.७१ अंक, उत्पादन ९७.३१ अंक, माइक्रोफाइनान्स ७६.१८ अंक, लाइफ इन्स्योरेन्स २४२.५८ अंक र सामूहिक लगानी कोष समूह ०.३२ अंकले बढेको छ ।
त्यसैगरी, अन्य १.७ अंकले घटेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस