Like us!
Follow us!
Connect us!
Watch us!

अकाल मृत्यु भएकाको आत्माका शान्तिका लागि महायज्ञ

शुक्रबार, २० फागुन २०७३, १७ : २५ मा प्रकाशित

अकाल मृत्यु भएकाको आत्माका शान्तिका लागि महायज्ञ

अर्थ संसार 

काठमाडौँ– भूकम्प, सडक दुर्घटनालगायत घटनामा परी अकाल मृत्यु भएकाहरुको आत्माको शान्तिको कामना गर्दै आजदेखि श्रीमद्भागवत महायज्ञ सुरु भएको छ । 

पशुपतिस्थित भुवनेश्वरी मन्दिर अगाडि सुरु भएको कार्यक्रम यही फागुन २७ गतेसम्म सञ्चालन हुने छ । महायज्ञमा सङ्कलित रकम भूकम्पपीडित र दुर्घटनामा परेका पीडितका परिवारलाई सहयोगस्वरुप प्रदान गरिने मूल आयोजक समितिका अध्यक्ष विजय बस्नेतले जानकारी दिए । 

कार्यक्रमको शुभारम्भ गर्दै सांसद राजेन्द्रकुमार केसीले आध्यात्मिक गतिविधिका माध्यमबाट पीडित परिवारजनलाई शान्ति र सहयोग दिन महायज्ञ सफल हुने विश्वास व्यक्त गरे ।  पूर्वप्रधानसेनापति रुक्माङ्गत कटवालले भागवतका माध्यमबाट अकालमा मृत्यु भएकाको आत्माले शान्ति पाउने बताए । 

कार्यक्रममा सनातन धर्म सेवा समिति नेपालका अध्यक्ष होमसिंह बस्नेत, वाचक भागवतरत्न काश्यप, खप्पर बाबालगायतले दुर्घटनामा परी भड्किरहेका आत्माले शान्ति पाएपछि राष्ट्र शान्तिका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । रासस 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको