अर्थ संसार, काठमाडौं– युक्रेनका प्रधानमन्त्री ओलेक्सी गोन्चारुकले शुक्रबार पदबाट राजीनामाको घोषणा गर्नुभएको छ। राष्ट्रपति भोलोडोम्यर जेलेन्स्कीको आलोचना गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि उहाँले राजीनामाको घोषणा गर्नुभएको हो।
उहाँले अडियोमा आर्थिक विषयलाई लिएर राष्ट्रपतिको आलोचना गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। “हाम्रो विवाद थियो, त्यसले थप बहस नहोस भन्ने उद्धेश्यसँगै राष्ट्रपति प्रतिको विश्वास र सम्मानका लागि मैले राजीनामा दिने घोषणा गरेको हुँ,” ३५ वर्षीय प्रधानमन्त्री ओलेक्सीले आफ्नो आधिकारीक फेसवुक पेजमा लेख्नु भएको छ।
सार्वजनिक भएको अडियो बनावटी भएको र राष्ट्रपतिप्रति आफ्नो सम्मान गिराउने नियतले बनाएर सार्वजनिक गरिएको आरोप पनि लगाउनु भएको छ। “त्यो अडियो सत्य होईन,” उहाँले भन्नुभएको छ। उहाँ सन् २०१९ अगस्तबाट प्रधानमन्त्रीको पद सम्हाल्नु भएको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस