अर्थ संसार, काठमाडौं- अफगानिस्तानको राजाधानी काबुलमा रहेको एक घरमा आइतबार अज्ञात सशस्त्र हतियारधारी एक समूह प्रवेश गरी एकै परिवारका चार सदस्यको हत्या गरेका छन्।
हत्या गरिएकाहरुमा तीन जना बालबालिका पनि रहेका गृह मन्त्रालयका प्रवक्ता नसरात रहिमीले सोमबार बताउनु भएको छ। अज्ञात सशस्त्र समूहले आक्रमण गरेका यो घर सरकारी कर्मचारी भएको बताइएको छ।
रहिमीका अनुसार सरकारी कर्मचारीको घरभित्र छिरेर मारिएका व्यक्तिहरुमा आमा र तीन बालबालिकालगायत परिवारका चार सदस्यलाई निर्मम हत्या गरेका छन्।युद्धग्रस्त यस मुलुकमा गएको तीन दिनमा नै परिवारका सदस्यहरूकोक्रुर हत्या भएको यो दोस्रो घटना हो।
गत शनिबार अफगानिस्तानको उत्तरी प्रान्त फर्याब अन्दखोई जिल्लामा यस्तै घटनामा केही अज्ञात हतियारधारी व्यक्ति एउटा घरभित्र पसेर एक परिवारका चार सदस्यको हत्या गरेका थिए। रहिमीले यस घटनाको अनुसन्धान गरी न्याय दिलाउन कोसिस जारी रहेको बताउनु भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस