अर्थ संसार, काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले घुस लिएको अभियोगमा रुपन्देहीको सैनामैना सब डिभिजन वन कार्यालयका प्रमुखलाई पक्राउ गरेको छ ।
यसैगरी, वनको काठ उपलब्ध गराउने सिफारिसका लागि सेवाग्राहीसँग रु पाँच हजार घुस लिँदै गर्दा कार्यालय प्रमुख पुष्पराज श्रेष्ठलाई बुटवल उपमहानगरपालिकाको नयाँ गाउँबाट नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिएका छन् ।
त्यस्तै, घटनाको विषयमा थप अनुसन्धान भइरहेको उनले बताए । - रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस