Like us!
Follow us!
Connect us!
Watch us!

हिमालयन बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, १२ माघ २०७६, १० : १३ मा प्रकाशित

हिमालयन बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार, काठमाडौं –हिमालयन बैंकको २२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज (माघ १२ गते) अन्तिम दिन हो । माघ २९ गते साधारण सभा गर्न यसले माघ १३ गते (सोमबार)देखि बुक क्लोज गर्दैछ । तसर्थ, आइतबारसम्म शेयर खरिद गर्ने लगानीकर्ता प्रस्तावित लाभांशको दाबेदार हुनेछन् ।

साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको २२५ लाभांश वितरण प्रस्ताव पारित गर्नेछ । हिमालयन बैंकले गत वर्षको नाफाबाट १०५ बोनस सेयर र करसहित १२५ नगद लाभांश दिन लागेको हो । सभामा आर्थिक वर्ष २०७५–७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।

'शेयर बजार बेयरिस ट्रेन्ड पुरा गरेर बुलिस ट्रेन्डमा छ,यो समय लगानीको लागि सुनौलो अवसर हो '- विश्लेष्क एस.पी. चौलागाई (भिडियो अन्तरवार्ता) 

आर्थिक वर्ष २०७६–७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब ५२ करोड २ लाख  ५५ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि पुँजी ९ अर्ब ३७ करोड २२ लाख ८१ हजार रुपैयाँ पुग्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको