Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स कोसेली निक्षेप योजना’ संचालनमा

निशा हुमाँगाई

मंगलबार, १४ माघ २०७६, १३ : २१ मा प्रकाशित

सिटिजन्स बैंकद्वारा ‘सिटिजन्स कोसेली निक्षेप योजना’ संचालनमा

अर्थ संसार, काठमाडौं – सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सूविधा दिँदै आएको सिटिजन्स बैंकले ग्राहक महानुभावहरूलाई थप लाभान्वित गर्न ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाताको शुभारंभ गरेको छ ।

यस निक्षेप योजना अन्तर्गत यस बैंकका व्यक्तिगत ग्राहक महानुभावहरूले मुद्दतीमा राखेको रकम ७ बर्ष ६ महिना (९० महिना) पश्चात साँवा तथा व्याज बापत एक मुष्ट रूपमा दोब्बर हुनेगरि रकम फिर्ता पाउने छन् । यस निक्षेप योजनाबाट बैंकका ग्राहक महानुभावहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

अनलाइन प्रणालीमा समस्या आउँदा ठूला लगानीकर्ता उम्किए, साना फसे

सिटिजन्स बैंक ईन्टरनेसनल लिमिटेडले देशभरी फैलिएका आफ्ना ८९ वटा शाखा ८९ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग इकाइहरूबाट पाँच लाख भन्दा बढि ग्राहवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरू प्रदान गर्दै आएको छ । आफ्नो ग्राहकवर्गहरूलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरू, रेमिट्यान्स सेवा, आस्वा, डाफ्ट, भिसा डेविट/क्रेडिट/प्रिभिलेज कार्ड सेवा, भिसा ईन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम  झिक्न र राख्न सकिने जस्ता सुविधाहरू पनि उपलब्ध गराउँदै आएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको