अर्थ संसार, काठमाडौं - लक्ष्मी बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७६/७७ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले दोस्रो त्रैमाससम्म आइपुग्दा ९० करोड ३० लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे तुलनामा २४.७६ प्रतिशत धेरै हाे ।
यसैगरी, बैंककाे प्रतिशेयर आम्दानी १८ रुपैयाँ ४१ पैसा रहेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १३३ रुपैयाँ ९० पैसा रहेकाे छ । बैंकले पुस मसान्तसम्ममा ५९ करोड १८ लाख ४४ हजार रुपैयाँ वितरण योग्य नाफा आर्जन गर्न सफल भएकाे छ ।
यस्तै, दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ७४ करोड ४४ लाख रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ ।
बैंकले सार्वजनिक गरेको वित्तीय विवरण यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस