अर्थ संसार, काठमाडौं – आज (मंगलबार) पनि शेयर बजार ५.५२ अंकले बढेकाे छ । कुल १७८ वटा कम्पनीको ३७ लाख ३९ हजार ३९७ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब ४० करोड ४ लाख ६७ हजार ८०५ रुपैयाँको कारोबार भएकाे छ ।
१३००.६२ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स शेयर बजार बन्द हुँदासम्म बढेर १३०६.१५ अंकमा आइपुगेको छ ।
मंगलबार विकास बैंक ०.१ अंक, फाइनान्स ०.५७ अंक, निर्जिवन लाइफ १४१.३३ अंक, उत्पादन ४.४३ अंक, अन्य ४.०४ अंक, माइक्रोफाइनान्स ४२.५८ अंक, लाइफ इन्स्योरेन्स १५९.२८ अंक र सामूहिक लगानी कोष समूह ०.१ अंकले बढेकाे छ ।
त्यस्तै, बैंकिङ १.१२ अंक, व्यापार २३.५६ अंक, होटल ३९.४२ अंक र जलविद्युत ८.२१ अंकले घटेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस