अर्थ संसार, काठमाडौं – जनवरी २० देखि बिगसेल मेला सञ्चालन गरिरहेको मोबाइल एप रिचार्जरले एफक्युब सिनेमाको टिकटमा २२० रूपैंया क्यास व्याक दिने भएको छ । बिग सेल अफर अन्तर्गत रिचार्जरबाट एफक्युब सिनेमाको टिकट किनेपछि २२० रूपैंया नगद फिर्ता गरिने रिचार्जरले जनाएको छ ।
त्यसैगरी, रिचार्जरले नाइट फूड तथा ड्रिङ्क्स सर्भिस पनि थप गरेको छ । नाइट फूड सर्भिस तथा ड्रिङ्क्सको अर्डर रोयर इम्पायर बुटिक होटल तथा भोक लाग्यो डटकमसँगको सहकार्यमा सञ्चालन गरिएको हो ।
यसैगरी, सेलमा २० हजार २० रूपैंयामा अन्नपूर्ण बेस क्याम्पसम्म पुगेर अवलोकन गरी फर्किने अफर विशेष आकर्षण बनेको छ । त्यसैगरी कालिञ्चोक, खोटाङ हलेसी लगायत स्थानको भ्रमण प्याकेजका लागि धेरै अर्डर आएका छन् । रिचार्जरका नयाँ प्रयोगकर्ताहरू मध्ये एक जनालाई हरेक महिना गोला प्रथाबाट हेलिकप्टरमा अन्नपूर्ण बेस क्याम्प ट्रिप उपलब्ध गराइने रिचार्जरले जनाएको छ ।
त्यस्तै, जतिको रिचार्ज, त्यति नै क्यास व्याक भन्ने स्लोगान सहित इ कमर्श प्लेटफर्ममा अग्रणी स्थानमा रहेर सेवा दिँदै आएको रिचार्जरमा उपलब्ध हुने वस्तु तथा सेवाको महसुल शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा तिर्न सकिने व्यवस्था मिलाइएको छ ।
यस्तै, आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै विभिन्न किसिमका भ्रमण प्योकजहरू सस्तो मूल्यमा उपलब्ध हुने रिचार्जरका अध्यक्ष अलाइभ ग्लाइडरले बताएका छन् ।
‘नेपालीलाई नेपाल घुमाउने योजना अन्तर्गत सस्तो मूल्यमा विभिन्न गन्तव्यको टूर प्याकेजहरू किस्ताबन्दीमा उपलब्ध गराएका छौं’ ग्लाइडरले भने ।
यस्तै, इलेक्ट्रोनिक्स, ग्याजेट्स, टूर प्याकेजहरू किस्ताबन्दीमा उपलब्ध गराई सेवाग्राहीलाई वित्तीय भारबाट छुटकारा दिलाउने योजना रिचार्जरको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै रिचार्जरले नेपाली बजारमा अहिले सम्मकै सस्तो मूल्यमा विभिन्न वस्तु तथा सेवा उपलब्ध गराइरहेको छ ।
त्यस्तै, भ्रमण वर्ष सचिवालयको आधिकारिक ई कमर्श प्लेटफर्म समेत रहेको रिचार्जरमा ६० प्रतिशत सम्मको छुटमा वस्तु तथा सेवाहरू पाइनुका साथै क्यास भौचर, एक्स्ट्रा बैंक डिस्काउण्ट पनि पाउन सकिन्छ । यसैगरी हरेक खरिदकर्ताहरूलाई गोला प्रथाबाट विभिन्न किसिमका उपहारहरू समेत प्रदान गरिनेछ । विश्वभरी रहेका स्वदेशी तथा विदेशी पर्यटकले भ्रमण वर्षको अफर अन्तर्गत रिचार्जर बिग सेल २०२० मा सहभागिता जनाउन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस