अर्थ संसार, काठमाडौं – नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघले बैंककाे ३५औं वार्षिक साधारण सभा आह्वान गरेको छ । उक्त सभा फागुन १० गते शनिबार बिहान १० बजे खाद्य संस्थानको परिसर, सिंहदरबार, काठमाडौंमा हुनेछ ।
यसैगरी, सभामा आर्थिक वर्ष २०७५/७६ काे लेखापरीक्षण प्रतिवेदन सहित सम्पूर्ण वित्तीय विवरणहरू छलफल गरी पारित गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण गरिनेछ ।
त्यसैगरी, सभामा संघकाे ३३ औं कार्य समितिमा रहने अध्यक्ष, उपाध्यक्ष, महासचिव, काेषाध्यक्ष तथा ६ जना कार्य समिति सदस्यहरूकाे निर्वाचन गरिनेछ ।
संघले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस