Like us!
Follow us!
Connect us!
Watch us!

झिनाे अंकले घट्याे शेयर बजार, शेयर खरिदविक्री भने आकर्षक

निशा हुमाँगाई

बुधबार, १५ माघ २०७६, १५ : १२ मा प्रकाशित

झिनाे अंकले घट्याे शेयर बजार, शेयर खरिदविक्री भने आकर्षक

अर्थ संसार, काठमाडौं – आज (बुधबार) शेयर बजार ०.२७ अंकले घटेकाे छ । कुल १७६ वटा कम्पनीको २८ लाख ७८ हजार ४५२ कित्ता शेयर खरिदविक्री हुँदा १ अर्ब २९ करोड ३७ लाख ११ हजार ३८३ रुपैयाँको कारोबार भएकाे छ ।

१३०६.१५ विन्दुबाट सुरु भएको नेप्से इन्डेक्स  शेयर बजार बन्द हुँदासम्म बढेर १३०५.८८ अंकमा आइपुगेको छ ।

बुधबार व्यापार १६.३ अंक, होटल १६.१६ अंक, निर्जिवन लाइफ ९७.१९ अंक र माइक्रोफाइनान्स ९०.९५ अंकले बढेकाे छ । 

त्यसैगरी, बैंकिङ ७.९६ अंक, विकास बैंक ५.२३ अंक, जलविद्युत ७.१३ अंक, फाइनान्स २.२२ अंक, उत्पादन १२.४५ अंक, अन्य १.९९ अंक, लाइफ इन्स्योरेन्स ३२.८७ अंक र सामूहिक लगानी कोष समूह ०.१४ अंकले घटेकाे छ ।

 

5e315426b3da7.jpg 5e31542aeb78b.jpg 5e31542f1b540.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको