Like us!
Follow us!
Connect us!
Watch us!

सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना, के छ फाइदा ?

निशा हुमाँगाई

विहीबार, १६ माघ २०७६, १२ : ४८ मा प्रकाशित

सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना, के छ फाइदा ?

अर्थ संसार, काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी सांग्रिला एकको दुई मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ । यस योजना “केवल ७ वर्षमा हुनेछ दोब्बर हर्ष” अन्तर्गत न्यूनतम मौज्दात रू पाँच हजारबाट सुरू गर्न सकिनेछ ।

यसैगरी, उक्त मुद्दती योजना अन्तर्गत ग्राहक महानुभावले खाता खोली रकम जम्मा गरेको दुई वर्ष भित्र खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ९० प्रतिशत कर्जा र दुई वर्ष समयावधी पश्चात खातामा जम्मा गरिएको रकमको सुरक्षणमा ग्राहकले १०० प्रतिशत कर्जा सुविधा प्राप्त गर्न सक्नेछन् । यस योजना अन्तर्गत ग्राहक महानुभावले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ । 

त्यस्तै, बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर ९१ शाखा कार्यालयहरू, २६ एटिएम रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको