Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डू र अरूण भ्याली बिच भयाे यस्ताे सम्झौता

निशा हुमाँगाई

विहीबार, १६ माघ २०७६, १३ : ०६ मा प्रकाशित

बैंक अफ काठमाण्डू र अरूण भ्याली बिच भयाे यस्ताे सम्झौता

अर्थ संसार, काठमाडौं – बैंक अफ काठमाण्डू लिमिटेड र अरूण भ्याली जलविद्युत विकास कम्पनी लिमिटेड बिच काबेली बी वान कास्केड जलविद्युत आयोजनामा सहवित्तियकरण कर्जा प्रवाह गर्ने सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।

९.९४ मेगावट क्षमता रहेकाे काबेली बी वान कास्केड जलविद्युत आयोजनाको अनुमानित खर्च रू १ अर्ब ९७ करोड रहेको छ । अरूण भ्याली जलविद्युत विकास कम्पनी लिमिटेडले पाँचथर र ताप्लेजुङको सिमानामा उक्त जलविद्युतको निर्माण कार्य गरिरहेको छ । बैंक अफ काठमाण्डू लिमिटेडको अगुवाइ रहेको उक्त सहवित्तियकरण कर्जाको सदस्य बैंकमा कुमारी बैंक लिमिटेड रहेको छ ।  

यस्तै, अरूण भ्याली जलविद्युत विकास कम्पनी लिमिटेडले नेपालको पहिलो निजीक्षेत्रबाट प्रबन्धन भएको ३ मेगावाट उत्पादन क्षमता रहेकोे पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरिसकेको छ ।

यसैगरी, उक्त आयोजनामा पनि बैंक अफ काठमाण्डू लिमिटेडले नै सहवित्तियकरण कर्जाको अगुवाइ गरेको थियो । उक्त पिलुवा खोला जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न भई असोज १, २०६० देखी नै सञ्चालनमा आईसकेको छ । उक्त आयोजनामा रहेको बैंकको सहवित्तियकरण कर्जाको भुक्तानी भई कर्जा चुक्ता भइसकेको छ । साथै यस सहवित्तियकरण कर्जा पश्चात् यस काबेली बी वान कास्केड जलविद्युत आयोजना निर्माणमा सहयोग पुग्ने र समयसिमामा नै आयोजनाको निर्माण कार्य सम्पन्न हुने विश्वास बैंकले लिएको छ । 

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरू, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरूलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको