Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

निशा हुमाँगाई

विहीबार, १६ माघ २०७६, १३ : ३५ मा प्रकाशित

महालक्ष्मी लाईफ इन्स्योरेन्सकाे दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न

अर्थ संसार, काठमाडौं – महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको ३ दिने दोस्रो राष्ट्रिय सम्मेलन चितवनको सौराहामा यही माघ १२ देखि १४ गतेसम्म सम्पन्न भएको छ । देशै भरीबाट आएका ६० भन्दा बढी शाखा र उपशाखा प्रमुख, क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख र प्रधान कार्यालयका पदाधिकारी समेतकाे सम्मेलनमा ७५ जनाको सहभागिता रहेको थियो ।

"प्रत्येक घरमा - एउटा जीवन बीमा" नाराका साथ संचालन भएको राष्ट्रिय सम्मेलनमा कम्पनीको सबै शाखा उपशाखाको ६ महिनाको प्रगति समिक्षा, गुणस्तरिय व्यापारको लागि अपनाउनु पर्ने रणनीति र कार्यक्रम तथा गाउँ गाउँमा, घर घरमा बीमा सम्बन्धि जनचेतना जगाउन "प्रत्येक घरमा - एउटा जीवन बीमा" कार्यक्रम माथि छलफल गरिएको थियो । कार्यक्रमको अन्तिम दिन अण्डरराईटिङ, विभिन्न पोलिसीहरु र एजेन्सी सम्बन्धी १ दिने तालिम संचालन गरिएको थियो ।

यसैगरी, सम्मेलनको उद्घाटन तथा समिक्षा कम्पनीको प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले गर्नुभएको थियो । तालिम तथा कम्पनीको रणनीति बारेमा नायव प्रमुख कार्यकारी अधिकृत द्धय कमल पन्थी र रामेश्वर श्रेष्ठ तथा सहायक महाप्रबन्धक सपना खरेल र प्रशान्तराज धमलाले प्रकाश पार्नु भएको थियो । कार्यक्रमको संचालन एजेन्सी प्रमुख सिताराम धिमालले गर्नु भएको थियो ।

त्यस्तै, २०७५ माघ २७ गतेबाट कारोबार संचालन गरेको कान्छो जीवन बीमा कम्पनीले एक वर्ष भन्दा कम अवधिमा ६० वटा शाखा र उपशाखा संचालन, ६५ जिल्लामा जनचेतना कार्यक्रम सम्पन्न, ६,००० भन्दा बढी अभिकर्ता इजाजत स्विकृति, ९ वटा बीमा प्रोडक्ट घोषणा गरि कुल ५३ करोड भन्दा बढीको व्यवसाय गर्न सफल भएको छ । कम्पनीले जीवन बीमाको विभिन्न क्षेत्रमा २ वर्षमा नयाँ कम्पनी मध्ये र ५ वर्ष भित्र सबै जीवन बीमा कम्पनीलाई नेतृत्व गर्ने गरी अग्रणी स्थान बनाउने सम्मेलनमा घोषणा गरिएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको