Like us!
Follow us!
Connect us!
Watch us!

आरविवि मर्चेन्ट बैंकिङ्गको पाचाैं वार्षिकोत्सव सम्पन्न

निशा हुमाँगाई

विहीबार, १६ माघ २०७६, १५ : ४५ मा प्रकाशित

आरविवि मर्चेन्ट बैंकिङ्गको पाचाैं वार्षिकोत्सव सम्पन्न

अर्थ संसार, काठमाडौं – राष्ट्रिय वाणिज्य बैंकको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको ५ औं वार्षिकोत्सव समारोह नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक श्री निरजगिरी तथा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री चन्द्र सिंह साउदको विशिष्ठ आथित्यतामा बुधबार सम्पन्न भएको छ ।

समारोहमा धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले मर्चेन्ट बैंकिङ्गलाई ५ औं वार्षिकोत्सवको अवसरमा कम्पनीको उत्तरोत्तर प्रगतिको लागि शुभकामना दिँदै यस क्षेत्रमा हुँदै आएका काम कारबाहीहरूलाई अझै पारदर्शी रूपमा देशका हरेक स्थानहरूबाट सम्पन्न गराउनको लागि कार्य भइरहेको तथा लगानी मैत्री वातावरण सृजना गर्नको लागि अध्ययन समेत भइरहेको जानकारी गराउनुभयो । उहाँले मर्चेन्ट बैंकरहरूलाई इङ्गित गर्दै लगानीका नयाँ आयामहरूको अध्ययन अनुसन्धान गरिनुपर्ने तथा नियामक निकायहरूलाई सो सम्बन्धी कार्यविधि तयार बनाउन समेत पहल गर्नुपर्ने बताउनु भयो ।

समारोहमा नेपाल स्टक एक्स्चेन्ज लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री चन्द्र सिंह साउदले धितोपत्र कारोबार सहज र सरल रूपमा गर्नको लागि Online प्रणाली लागु भैसकेको तथा बजारमा सुचिकृत बैंक तथा वित्तीय संस्था साथै अन्य कम्पनीहरूको बारेमा विश्लेषण गर्नको लागि छुट्टै Data Base तयार भैरहेको कुरा जानकारी गराउनुभयो ।

मर्चेन्टका प्रमुख कार्यकारी बद्री प्रसाद प्याकुरेलले मर्चेन्टको वर्तमान स्थिति, संस्थाले नेपाल पुनर्बीमा कम्पनी लि.ले निष्कासन गर्न लागेको १ अर्ब ६० करोड रूपैँया बराबरको प्राथमिक सेयर सर्वसाधारण समुहलाई निष्कासन गर्नको लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लि. संग सम्झौता भएबमोजिम उत्त निष्कासनको अन्तिम चरणको काम भइरहेको साथै विभिन्न कम्पनीहरूसंग समन्वय गर्दै विभिन्न सम्झौता समेत भइरहेको जानकारी गराउनुभयो । 

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक लि.का प्रमुख कार्यकारी अधिकृत श्री किरण कुमार श्रेष्ठले कम्पनीको ५ औं वार्षिकोत्सव समारोह मनाउने अवसरमा यस संस्थालाई एउटा हुर्कीरहेको बच्चाको संज्ञा दिँदै अबको दिनमा यस संस्थाले धितोपत्र बजारको चुनौतीहरूलाई आत्मसाथगरि आफूलाई पनि रा.बा.बैंक लि. जसरी नै स्थापित हुनको लागि प्रोत्साहन दिनुभयो ।

कार्यक्रममा रा.बा बैंक लि.का नायव प्रमुख कार्यकारी अधिकृतद्धय कबिराज अधिकारी र केशव प्रसाद लम्साल, उपकार्यकारी अधिकृतहरू टेकराज जोशी र महेन्द्र प्रसाद अवस्थी, सरस्वती अधिकारी, देवेन्द्र रमण खनाल,कम्पनी सचीव भोलानाथ पौडेल ,क्षत्रीय प्रमुख सोनी श्रेष्ठ, आन्तरिक लेखा परिक्षण प्रमुख संजय कुमार श्रेष्ठ, ,शाखा प्रबन्धक युवराज घिमिरेलगायत कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको