Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंककाे २२औं सभा आज हुँदै, यस्ता छन् पारित गरिने एजेन्डा

निशा हुमाँगाई

शुक्रबार, १७ माघ २०७६, १० : २० मा प्रकाशित

एनसीसी बैंककाे २२औं सभा आज हुँदै, यस्ता छन् पारित गरिने एजेन्डा

अर्थ संसार, काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडकाे २२औं वार्षिक साधारण सभा आज (माघ १७ गते शुक्रबार) हुँदैछ । उक्त सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडाैंमा अहिले बिहान ११ बजे शुरु हुनेछ ।

यसैगरी, उक्त सभामा सञ्चालक समितिले निर्णय गरेकाे १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने, आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा राखिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको