Like us!
Follow us!
Connect us!
Watch us!

यसकारण शनिबार उपत्यकाकाे यी ठाउँमा दिनभर बत्ती जाने

निशा हुमाँगाई

शुक्रबार, १७ माघ २०७६, १६ : १० मा प्रकाशित

यसकारण शनिबार उपत्यकाकाे यी ठाउँमा दिनभर बत्ती जाने

अर्थ संसार, काठमाडौं – भाेलि (शनिबार) काठमाडौं उपत्यकाकाे विभिन्न ठाउँमा दिनभर बत्ती जाने भएको छ । 

नेपाल वन निगम लिमिटेडले चक्रपथ विस्तार कार्यका लागि  रुख कटान गर्ने भएकाले महाराजग‌ञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन जोडिएका ठाउँमा बत्ती जाने भएको छ । 

नेपाल विद्युत प्राधिकरणले दिएकाे जानकारी अनुसार यस फिडर अन्तर्गतका बसुन्धारा, सामाखुशी चोक, रानीबारी, गो‌ंँगबु चोक, टोखा रोड हुँदै ग्राण्डी अस्पताल लगायतका क्षेत्रहरुमा बिहान ७ बजेदेखि बेलुका ४ बजेसम्म बत्ती जाने भएको छ  ।

त्यस्तै, काम निर्धारित समय अगावै सकियाे भने ताेकिएकाे समयभन्दा अगाडि नै बत्ती आउनसक्ने समेत प्राधिकरणले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको