Like us!
Follow us!
Connect us!
Watch us!

एनसीसी बैंककाे २२औं साधारण सभा भव्य र सव्य रूपमा सम्पन्न

निशा हुमाँगाई

शुक्रबार, १७ माघ २०७६, १४ : ३६ मा प्रकाशित

एनसीसी बैंककाे २२औं साधारण सभा भव्य र सव्य रूपमा सम्पन्न

अर्थ संसार, काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडकाे २२औं वार्षिक साधारण सभा भव्य र सव्य रूपमा सम्पन्न भएकाे छ । साे सभा आज (माघ १७ गते शुक्रबार) त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडाैंमा सम्पन्न भएकाे हाे ।

सभामा आर्थिक वर्ष २०७५/०७६ काे मुनाफाबाट चुक्ता पूँजीकाे १५ प्रतिशतले हुन आउने १ अर्ब २२ कराेड ७६ हजार १२३ रूपैयाँकाे बोनस शेयर जारी गर्ने विशेष प्रस्ताव पारित भएकाे छ । त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गरिएकाे छ ।

शेयरधनीको मागपछि एनसीसी बैंकले घटायो प्रस्तावित बैठक भत्ता 

यसैगरी, सञ्चालक समितिले निर्णय गरेकाे १५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनको लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पनि सभामा पारित गरिएकाे छ । 

त्यस्तै, सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्न र गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत पारित गरिएकाे छ ।

यस्तै, सभामा आर्थिक वर्ष २०७५/०७६ काे कम्पनीको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने छ । 

 

5e33f6e32bbdd.jpg 5e33f6e72f7e3.jpg 5e33f6eb20889.jpg 5e33f6f366746.jpg 5e33f6f7744cb.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको