Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा दुई कम्पनीको ३१ लाख ८६ हजार कित्ता शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

निशा हुमाँगाई

शुक्रबार, १७ माघ २०७६, १२ : ३० मा प्रकाशित

नेप्सेमा दुई कम्पनीको ३१ लाख ८६ हजार कित्ता शेयर सूचिकृत, कुनकाे कति कित्ता ?

अर्थ संसार, काठमाडौं–  नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको शेयर सूचिकृत भएको छ ।

स्टकको अनुसार समता लघुवित्त वित्तीय संस्थाकाे हकप्रद शेयर र मेराे माइक्रोफाइनान्स वित्तीय संस्थाको बाेनस शेयर सूचिकृत भएको हो । दुवै कम्पनीको गरी ३१ लाख ८६ हजार ८४० कित्ता शेयर सूचिकृत भएको छ ।

समता लघुवित्तकाे १२ लाख १३ हजार ४४० कित्ता शेयर सूचिकृत भएकाे हाे ।

त्यसैगरी, मेराे माइक्रोफाइनान्सकाे १९ लाख ७३ हजार ४०० कित्ता शेयर सूचिकृत भएकाे हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको