Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम बैंकको नाफा २२.६१ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार

आइतबार, १९ माघ २०७६, १० : ५३ मा प्रकाशित

प्राइम बैंकको  नाफा २२.६१ प्रतिशतले बढ्यो,  प्रतिशेयर आम्दानी कति ?

अर्थ संसार, काठमाडौं–  प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७६–०७७ को दोस्रो त्रैमासमा  आफ्नो नाफा २२.६१ प्रतिशतले बढेको छ । बैंकले दोस्रो त्रैमासमा १ अर्ब ३० करोड ७ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षभन्दा २२.६१ प्रतिशतले बढी हो ।

गत वर्ष यसैअवधिमा बैंकले १ अर्ब ६ करोड ८ लाद ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । यसको वितरण योग्य नाफा ८६ करोड ५९ लाख ५८ हजार रुपैयाँ रहेको छ ।

प्राइमको खुद ब्याज आम्दानी र सञ्चालन नाफा दुवैमा क्रमशः २२.१४प्रतिशत र २२.४०प्रतिशत को वृद्धि देखिएको छ । यसले पनि खुद नाफा बढाउन सहयोग पुगेको हो ।

बैंकको चुक्ता पुँजी पनि गत वर्षका भन्दा २०.५८प्रतिशत ले बढेर ९ अर्ब ६८ करोड नाघेको छ । यस्तै रिजर्भ कोषमा ३ अर्ब १९ करोड ६७ लाख रुपैयाँ छ । प्राइमले निक्षेप संकलन ४.७२प्रतिशत ले बढाउदा कर्जा लगानी पनि ११.४४ प्रतिशत ले बढाउन सफल भएको छ । बैंकको प्रतिसेयर आम्दानी २६ रुपैयाँ ८६ पैसा र प्रतिसेयर नेटवर्थ १५८ रुपैयाँ ४१ पैसा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको