Like us!
Follow us!
Connect us!
Watch us!

बैंक अफ काठमाण्डू र सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता, ग्रहाकलाई १०% छुट

अर्थ संसार

सोमबार, २० माघ २०७६, १८ : ३७ मा प्रकाशित

बैंक अफ काठमाण्डू र सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता, ग्रहाकलाई  १०% छुट

अर्थ संसार, काठमाडौं- बैंक अफ काठमाण्डूका ग्राहक महानुभावहरुलाई सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटी प्रा. लि. को सिमित सेवा प्रयोग वापत बिओकेको मोबाईल बैंकिङ्ग र डेबिट तथा क्रेडिट कार्डको माद्यमबाट भुक्तानी गर्दा ग्राहक महानुभावहरुलाई १०% को छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौतामा बैंकका कार्ड विभाग प्रमुख  अमर राजभण्डारी र सिद्धार्थ गु्रपका ब्यापार विभागका निर्देशक प्रभाकर खडकाले सोमबार हस्ताक्षर गर्नुभयो । यस सम्झौता पश्चात् सिद्धार्थ विजनेश गु्रप अफ हस्पिटालिटी प्रा. लि.को ६ होटल, ३ रिसोट, ५ रेस्टुरेन्ट तथा ५ क्याफेहरुमा छुट उपलब्ध हुनेछ ।

हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले ८७ शाखा कार्यालयहरु, ७८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको