Like us!
Follow us!
Connect us!
Watch us!

बीपीको वार्षिक खुद नाफा ४ अर्ब डलरले घट्यो

अर्थ संसार

मंगलबार, २१ माघ २०७६, १६ : ४४ मा प्रकाशित

बीपीको वार्षिक खुद नाफा ४ अर्ब डलरले घट्यो

लन्डन – बेलायतको ऊर्जा क्षेत्रको विशाल कम्पनी ब्रिटिस पेट्रोलियम (बीपी) को गत वर्ष सन् २०१९ को नाफामा ४ अर्ब डलरले कमी आएको छ । कम्पनीको प्रमुख कार्यकारी बब डड्लीका अनुसार तेलको मूल्यमा गिरावट आएका कारण नाफा प्रभावित भएको हो ।

सन् २०१८ मा कम्पनीको नाफा ९ अर्ब ३८ करोड अमेरिकी डलर थियो । लामो समयदेखि कम्पनीको प्रमुख कार्यकारीमा सेवा गरेका डड्लीले यही कारण पद पनि गुमाउनु परेको छ ।

गत वर्षको अक्टोबरमै बीपीमा कार्य गरिरहेका बर्नार्ड लूनीलाई प्रमुख कार्यकारीमा नियुक्त गरिने घोषणा गरिएको छ ।

डड्लीले मङ्गलबार जारी गरेको विज्ञप्तिमा करिब १० वर्षको कार्यकाल समाप्त गरेर आफू विदा हुन लागेको बताउनुभएको छ । रासस(एएफपी

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको