Like us!
Follow us!
Connect us!
Watch us!

देशले गुमायो वरिष्ठ पत्रकार

मिलन खड्का

बुधबार, २२ माघ २०७६, १६ : २५ मा प्रकाशित

देशले गुमायो वरिष्ठ पत्रकार

अर्थ संसार, काठमाडौं–  नेपाल टेलिभिजनका पूर्वमहाप्रबन्धक  तथा वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधन भएको छ । 

महाराजगञ्जस्थित शिक्षण अस्पतालमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा आज बिहान उहाँको निधन भएको हो । उहाँ मुटु र  मिर्गाैलासम्बन्धी रोगबाट ग्रसित हुनुहुन्थ्यो । 

नेपाल टेलिभिजनका संस्थापकमध्ये एक रहनुभएका ७२ वर्षीय शर्मा त्यहाँ समाचार प्रस्तोतादेखि नायब महाप्रबन्धक, महाप्रबन्धक रहनुभएको थियो । विसं २०४२ पुस १४ गते टेलिभिजनको प्रशारण गर्दा उहाँ पहिलो प्रस्तोता रहनुभएको थियो । 

उहाँ टेलिभिजनका अगुवाका रुपमा चिनिनुहुन्थ्यो । उहाँ रेडियो नेपालमा समाचारवाचक र गोरखापत्रमा समेत काम गरिसक्नुभएको छ । इलामको फिक्कलमा जन्मिनुभएका शर्माको श्रीमती र दुई छोरा हुनुहुन्छ । शर्मा परिवारसहित नयाँ बानेश्वरमा बस्दै आउनुभएको थियो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको