Like us!
Follow us!
Connect us!
Watch us!

IPO जारी गर्न लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा छलाङ्ग (वित्तीय विवरणसहित)

अर्थ संसार

विहीबार, २३ माघ २०७६, १० : ५४ मा प्रकाशित

IPO जारी गर्न लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको नाफामा छलाङ्ग (वित्तीय विवरणसहित)

अर्थ संसार, काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आर्थिक वर्ष ०७६/०७७ को दोस्रो त्रैमाससम्मको वित्तिय विवरण बिहीबार सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तिीय विवरण अनुसार बैंकले दोस्रो त्रेमाससम्म ४० करोड २७ लाख खुद नाफा आर्जन गरेको छ।

चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको बैंकको जगेडा कोषमा १अर्ब २९ करोड रुपैयाँ सञ्चित छ। यस अवधिमा बैंकले २५ करोड रुपैयाँ निक्षेप संकलन गरि ५८ करोड २६ लाख रुपैयाँ बराबरको कर्जा लगानी गरेको छ।

यस्तै १२ करोड ३८ लाख धितोपत्रमा लगानी गरेको छ । बैंकले कर्जा तथा धितोपत्रमा गरेर करिब ७० करोड लगानी गरेको छ ।

बैंकले यस अवधिमा ६१ करोड ७१ लाख खुद ब्याज आम्दानी गरेको छ ।बैंकले अन्य बैंकहरुमा ११ अर्ब ३७ करोड रुपैयाँ जम्मा गरेर राखेको छ ।बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७१ पैसा र बैंकको कोषको लागत ९.४० प्रतिशत छ।

बैंकले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता साधारण शेयर निष्काशनको प्रक्रिया अघि बढाएको छ । आईपिओ जारी गरेपछि बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ ।बैंकको प्रतिशेयर आम्दानी ६ रुपैयाँ ७१ पैसा छ।

5e3ba14809d3b.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको