अर्थ संसार
काठमाडौं– नेपाल पश्मिना उद्योग संघमा दुर्गा विक्रम थापा अध्यक्ष पदमा निर्वाचित भएका छन् । संघको १६ औँ वार्षिक साधारणसभाले आगामी तीन वर्षका लागि १३ सदस्य केन्द्रिय कार्य समिती निर्वाचित गरेको छ ।
जसमा अध्यक्ष दुर्गा विक्रम थापा, निवर्तमान अध्यक्षका पुष्पमान श्रेष्ठ उपाध्यक्ष, विजय कुमार दगर्ड महासचिव, चिरन्जीवि काफ्ले सचिव, धनप्रसाद लामिछाने कोषाध्यक्ष, कमलराज विष्ट भएका छन् भने सदस्य हरुमा क्रमशः गीत श्रेष्ठ, नेत्रराज गिरी, नवदत्त काफ्ले, कृष्ण प्रसाद पंगेनी , दिनेश कुमार श्रेष्ठ र गणेश कुमार खड्का रहनु भएको नेपाल पश्मिना उद्योग संघले जनाएको छ ।
युरोपेली बजारमा राम्रो पकड जमाउन सफल नेपाली पश्मिनाको निकासी , यसले मुलुकको अर्थतन्त्रमा दिएको योग्दान र रोजगारी साँच्चैनै लोभलाग्दो रहेको छ ।
यसक्षेत्रको विकास र विस्तारमा राज्यले ध्यानदिने हो भने हाम्रो नेपाली व्राण्डको च्याङ्ग्रा पश्मिनालाई विश्व वजारमा पुर्याउन हामी सफल हुनेछौँ संघका अध्यक्ष दुर्गा विक्रम थापाले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस