Like us!
Follow us!
Connect us!
Watch us!

ओमको शाखा कलंकीमा

सोमबार, २३ फागुन २०७३, १८ : ५९ मा प्रकाशित

ओमको शाखा कलंकीमा

अर्थ संसार 
काठमाडौं– ओम डेभलपमेन्ट बैंक लिमिटेडले कलंकी काठमाण्डौंमा शाखा बिस्तार गरेको छ ।

सोमबार नेपाल राष्ट्र बैंक बैंकका डेपुटी गर्भनर शिब राज श्रेष्ठज्यूद्धारा शाखाको उद्घाटन गरिएको हो । बैंकले हाल ३१ वटा शाखाहरुबाट १ लाख २५ हजार ग्राहकहरुलाई सेवा प्रदान गरिराखेको छ ।

शाखा उद्घाटनको क्रममा बैंकका अध्यक्ष सुशिल कुमार गोशली र प्रमुख कार्यकारी अधिकृत विश्व मोहन अधिकारीले बैंकका बिभिन्न गतिविधीहरु जानकारी गरांउदै मनास्लु विकास बैंकसंग मर्जरको प्रक्रियामा रहेको र मर्जरपछि खोल्ने प्रक्रियामा रहेको शाखा सहित ४२ वटा शाखा कार्यालय हुने, मर्जरपछि १०ः३ अनुपातमा हकप्रद शेयर जारी गर्ने जानकारी दिईएको थियो ।

बैंकले आर्थिक बर्ष २०७३ पौष मसान्तसम्म १२ अर्ब ९९ करोड निक्षेप संकलन, ११ अर्ब ३४ करोड कर्जा लगानी गरि २९ करोड ८९ लाख सञ्चालन मुनाफा गरेको थियो ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको